+
+

हेटौंडामा वडाध्यक्षले गरे कर्मचारीमाथि हातपातको प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १४:०१

४ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-४ का वडाध्यक्ष नवीन सिग्देलले एक कर्मचारीमाथि हातपातको प्रयास गरेका छन् ।

उनले उपमहानगरपालिकाको शहरी विकास महाशाखा प्रमुख सत्यनारायण शाहलाई अपशब्द प्रयोग गर्दै गालिगलौज गर्नुका हातपातको प्रयास गरेका एक प्रत्यक्षदर्शी कर्मचारीले बताए ।

वडाध्यक्ष सिग्देलले वडाको योजनाको फाइल अगाडि नबढाएको र आफ्नो काम नगरेको भन्दै उपमहानगरपालिका प्रवेश गर्ने मूल गेट अगाडिनै साहलाई गालीगलौज गरेका हुन् ।

उपमहानगरका सिनियर ईञ्जिनियर समेत रहेका महाशाखा प्रमुख शाह माथि अभद्र व्यवहार भएको भन्दै उपमहानगरपालिकाको शहरी विकास महाशाखाका कर्मचारीहरुले आफ्नो काम रोकेका छन् ।

अहिले नगर प्रमुख मीना लामाको कार्यकक्षमा मेयर लामा, उपमेयर राजेश बानियाँ, वडाध्यक्ष सिग्देल र महाशाखा प्रमुख साहबीच छलफल चलिरहेको छ ।

यसअघि गएको भदौ ७ गते हेटौंडाको एक विद्यालयको सटर भाडामा लगाउने विषयमा विवाद हुँदा सिग्देल आफ्नै पार्टीको कार्यकर्ताद्वारा कार्यकक्षमै कुटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?