+
+

स्कटल्याण्डविरुद्धको खेल जित्न नेपालले पायो २७५ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १२:३२

५ फागुन, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टू मा माइकल लिस्टले संयमित ब्याटिङ गर्दै शानदार शतक बनाएपछि स्कटल्याण्डसँगको खेल जित्न नेपालले २७५ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । लिस्कको १०७ रनको मद्दतमा स्कटल्याण्डले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७४ रन बनायो ।

सातौं नम्बरमा ब्याटिङ गरेका लिस्कले अन्ति सम्म टिकेर ८५ बल खेल्दै ३ चौका र ९ छक्का मद्दतमा अविजित १०७ रन बनाए ।

स्पीनरहरु कुशल मल्ल, सन्दीप लामिछाने, कुशल भुर्तेलले लगातार विकेट लिँदा स्कटिस टोली सुरुमा दबावमा परेको थियो ।

तर सातौं नम्बरमा ब्याटिङ गरेका अलराउण्डर लिस्कले उत्कृष्ट ब्याटिङ गर्दै शतक बनाए । स्कटल्याण्डले यसअघि नामिबिया विरुद्ध शतक बनाएका जर्ज मुन्सी, काएल कोएत्जर र सफ्यान सिरिलाई आरम दिँदै तोमस र ज्याक जर्भिसलाई डेब्यु गराएको थियो ।

सुरुवातमा रन बनाउन संघर्ष गरे पनि लिस्कले स्कटिस इनिङ्स सम्हाले । २४.२ ओभरमा १११-६ को अवस्थामा रहेको स्कटल्याण्डका लागि माइकल लिस्ट र ज्याक जर्भिसले सातौं विकेटका लागि ८१ रनको मद्तवपूर्ण साझेदारी गरे ।

यसै खेलबाट ओडीआईमा डेब्यु गरेका ज्याक जर्भिसले २६ रन बनाए ।

ओपनर क्रिस्टोफर म्याक ब्रिज र ब्रान्डन म्याकमुलेनले समान २२ तथा कप्तान रिची बेरिङटन र तोमस म्याकिन्सले समान १९ रन बनाए । क्रिस ग्रिभ्सले १६ रन जोडे ।

लिस्कले आठौं विकेटका लागि मार्क वाटसँग ७६ रनको साझेदारी गरे । वाटले २० रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

कुशल मल्लले ९ ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर २ विकेट लिए ।

सोमपाल कामीले ९ ओभरमा १ मेडन राख्दै ५२ रन खर्चेर १ विकेट लिए ।

कुशल भुर्तेलले ६ ओभरमा २२ र दीपेन्द्र सिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर समान १ विकेट लिए ।

यसअघि नामिविया विरुद्ध ५ विकेट लिएका करण केसीले स्कटल्याण्ड विरुद्ध विकेट लिन सकेनन् । ९ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ६८ रन खर्चिए । ललित राजवंशीको स्थानमा खेलेका गुल्शन झाले २ ओभर मात्र बलिङ गर्दा २१ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?