+
+

दयाहाङलाई बैशाख १ को दबाब, ‘बिहे पास’को पोस्टर सेयर गर्दै ‘जारी’को पनि प्रचार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते १८:४२

काठमाडौं । महाशिवरात्रीको अवसरमा दयाहाङ राईको शीर्ष भूमिका रहेको फिल्म ‘बिहे पास’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।

नयाँवर्ष २०८० को वैशाख १ गते प्रदर्शन हुने फिल्मको पोस्टरमा राईसहित प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर वाङ्देल, रवीन्द्र झा र रुषा न्यौपाने चित्रित छन् । प्रदर्शन मितिलाई ‘जन्त जाने दिन’ भन्ने स्लोगन दिइएको छ ।

प्रवेश पौडेलको निर्देशन, रोहित कट्टेलको प्रस्तुति, रत्न श्रेष्ठको कार्यकारी निर्माण, रोजन श्रेष्ठको निर्माण र ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माण रहेको फिल्मलाई पूर्वी नेपालमा छायांकन गरिएको हो ।

शिव ढकालले खिचेको फिल्ममा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, नवीन शेरचन, उमा बानियाँ, प्रकाश भुजेललगायतका कलाकारको समेत अभिनय छ ।

डिपी खनालको शब्द रहेको फिल्मको गीतमा प्रवेश मलिकको संगीत छ । रामजी लामिछानेको नृत्य निर्देशन, शैलेन्द्र प्रधानको पाश्र्वसंगीत र मित्र गुरुङको सम्पादन छ ।

मुर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् । फस्टलुक सार्वजनिकसँगै चर्चामा रहेको फिल्मको टिजर बुधबार अर्थात् १० फागुनमा बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याउने तयारी निर्माण पक्षको छ ।

बैशाख १ गते दयाहाङका दुई फिल्म प्रदर्शन तयारीमा छन् । उनको अर्को फिल्म जारी पनि सोही मितिमा प्रदर्शन हुँदैछ । एउटै मितिमा दुईटै फिल्म आउने भएपछि प्रचारप्रसारको दबाब राईमाथि छ ।

हुनसक्छ यही कारण उनले बिहे पासको पोस्टर सेयर गर्दै लेखेका छन्, ‘वैशाख १ मा ‘जारी’ गरेर ‘बिहे पास’ हुनेभो !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?