+
+

कसैले एक्कासी छुँदा किन लाग्छ करेन्ट ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते ७:५३

काठमाडौं । कहिलेकाहिँ तपाईंले आफ्नो अफिस वा घरमा बसेर केही काम गरिरहेको बेलामा कसैले एक्कासी छुँदा करेन्ट लागेको महसुस गर्नुभएको छ होला ।

आखिर मान्छेले मान्छेलाई नै छुँदा किन र कसरी करेन्ट लाग्छ त ? बिजुली बिनाको शरीरबाटै अर्को शरीरमा करेन्ट लाग्नुको वैज्ञानिक कारण छ । आखिर यसको पछाडिको विज्ञान के हो ?

यसको पछाडिको विज्ञान बुझ्नुअगाडि एउटा तथ्य जान्नुहोस् । तपाईंले ख्याल गर्नुभएकै हुनसक्छ कि यस्तो करेन्टको झट्का धेरैजसो चिसो मौसममा नै लाग्ने गर्दछ । ठण्डी मौसममा हावामा आद्रता हुने हुँदा यस्तो भएको हो । यसबाट सानो झट्का लाग्दा सुईले घोँचेजस्तो महसुस हुन्छ। वास्तवमा यस्तो अनुभव झिल्काको कारणले गर्दा हुन्छ ।

स्नायुविज्ञहरुका अनुसार हाम्रो शरीरका स्नायुहरुमा हरेक समयमा विद्युतीय गतिविधि भैरहेको हुन्छ । यो शरीरमा चलिरहने एक आधारभूत संयन्त्र हो जसरी हाम्रो घरमा बिजुलीलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनका लागि तारको प्रयोग गरिन्छ ।

जसरी बिजुली प्रसार हुने तामाको तारमाथि प्लास्टिकको पत्र हुन्छ त्यसैगरी शरीरका नशाहरुको माथि पनि यस्तै तह हुन्छ । यसलाई चिकित्सा भाषामा म्येलिन शिथ भनिन्छ । तर कहिलेकाहिँ यो म्येलिन शिथ असन्तुलित बन्दछ । प्रायः हामी जब लामो समयसम्म आफ्नो शरीरलाई एकै स्थानमा राखेका हुुन्छौँ त्यसबेला म्येलिन शिथ असन्तुलित बन्दछ । यस्तोमा शरीरका इलेक्ट्रोनहरु डिस्टब्र्ड हुन्छन् र हामीलाई कसैले अचानक छुँदा नशामा रहेको म्यालिन शिथ पुनः तुरुन्तै सक्रिय बन्दछ । त्यसपछि शरीरमा करेन्ट लागेको जस्तो महसुस हुन्छ ।

कुहिनामै किन बढी महसुस हुन्छ करेन्ट ?

हामीले कसैले छुँदा मात्र होइन केही वस्तुमा ठोक्किँदा समेत कुहिनामा करेन्टको झट्का महसुस गर्दछौँ । कुहिनामा अल्नार नामक स्नायु हुने हुनाले त्यहाँ करेन्ट महसुस हुन्छ । यो स्नायु हाम्रो सुषुम्नाबाट निस्केको हुन्छ र काँध र कुहिना हुँदै औँलासम्म पुग्दछ । कुहिनाको हड्डी माथिबाट पार हुने यो स्नायु जब केही चिजसँग ठोक्किन्छ तब हामीले तुरुन्तै झट्का महसुस गर्दछौँ ।

विज्ञका अनुसार यस्तो करेन्टको झट्का महसुस गर्ने कुरा हरेक मानिसको आफ्नो संवेदनशीलतामा निर्भर हुन्छ । उदाहरणका लागि कुनै व्यक्तिलाई दाँतको झन्झनाहट धेरै हुन्छ, चिसो वा गर्मीको धेरै महसुस गर्दछन् । तर कतिपय मानिसले यस्ता झट्का महसुस नै गर्दैनन् । यो व्यक्तिको आफ्नो सेन्सिटिभिटीमा निर्भर गर्दछ ।

अर्को रोचक तथ्य के भने हामी प्लास्टिकको कुर्सीमा लामो समयसम्म बसेको बेला यसरी कसैले अचानक छुँदा करेन्ट लागेको महसुस हुने सम्भावना धेरै हुन्छ । जब हामी प्लास्टिकको कुर्सीमा बसेर हल्लिरहेका हुन्छौँ र खुट्टाले जमिन छोएका हुँदैनौँ प्लास्टिकको कुर्सीले हाम्रो लुगाबाट अलग हुने इलेक्ट्रोनलाई जम्मा गर्न थाल्छ । यसबाट पोजेटिभ चार्ज जम्मा हुन्छ । कुर्सीमा बसिरहँदासम्म यस्तो चार्ज शरीरमै रहन्छ  र कुर्सीबाट उठ्दा त्यस्तो चार्ज कुर्सीमा सर्दछ । यस्तोमा यदि तपाईंले त्यो कुर्सीलाई छुनुभयो वा कुर्सीमा तुरुन्तै बस्नुभयो भने हल्का करेन्ट लागेको महसुस हुन्छ ।

किन यस्तो हुन्छ ? यस्तो करेन्टबाट कसरी बँच्ने ?

विज्ञहरुका अनुसार यसरी शरीरमा करेन्ट महसुस हुनु सामान्य प्रक्रिया हो । तथापि यदि तपाईंले यस्तो झट्का बढी महसुस गर्नुहुन्छ भने त्यसका लागि भिटामिन बी १२, बी ६ तथा बी १ को कमी जिम्मेवार हुनसक्ने डाक्टरहरु बताउँछन् । यदि पटक पटक त्यस्तो झट्का महसुस हुन्छ भने स्वास्थ्य परीक्षण गराउनु उपयुक्त हुने डाक्टरहरुको सल्लाह छ ।

यस्तो करेन्टबाट बच्न निम्न काम गर्न सकिन्छ–

  • लामो समयसम्म कुर्सीमा नबस्ने र बेलाबेलामा उठेर खुट्टाले भुइँ छुने ।
  • यदि खुट्टामा जुत्ता लगाउनुु भएको छ भने बेला बेलामा आफ्नो कुहिनो वा हातले भित्ता छुने गर्नुहोस् ।

यसो गर्नुभयो भने शरीरमा करेन्ट जम्मा हुने र कसैले छुँदा झट्का महसुस हुने समस्या रहँदैन ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?