+
+
Shares

विद्युतीय मोटर सर्ट भएर करेन्ट लाग्दा बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १७:२९
प्रतीकात्मक तस्वीर

३१ असार, रौतहट । रौतहटको मौलापुरमा विद्युतीय मोटर प्रयोग गरेर धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ ।

मौलापुर नगरपालिकाको-८ सोनरनियामा धान खेतमा पानी हाल्न प्रयोग गरेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा १४ वर्षीय बालक नरेन्द्र पटेलको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका बालक पटेललाई उपचारका लागि स्थानीय अस्पताल पुर्‍याइको थियो ।

तर उनको उपचारकै क्रममा मृत्यु भएको मौलापुर नगरपालिकाका मेयर रिना साहले जानकारी दिइन् ।

मधेशमा अहिलेसम्म पर्याप्ता वर्षा भएको छैन ।  जसका कारण किसानले विद्युतीय मोटरको प्रयोग गरेर धान खेतमा पानी हाल्दै आएका छन् ।

मृतक बालकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दिपक रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?