+
+

राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धनको टुङ्गो लाग्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १४:४४

७ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ टुंगो नभएको बताएका छन् ।

पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक उद्घाटन गर्ने क्रममा उनले राष्ट्रपतिको चुनावबाट सत्ता गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताए ।

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार मनोनयन गर्ने समय नजिकिएको भन्दै उनले एक हप्ताभित्र गठबन्धनको भविष्य प्रष्ट हुने बताएका छन् ।

सत्ता गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षधर सबैखाले शक्ति भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालको दावी छ ।

अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठक कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा चलिरहेको छ ।

बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?