
७ फागुन, वीरगञ्ज । वीरगञ्जमा आइतबारदेखि प्याब्सन जुनियर नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल नगर समिति वीरगञ्जको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
नारायणी रंगशालामा आयोजित प्रतियोगितामा आइतबार ४ वटा खेल सम्पन्न भएका छन् । पहिलो खेलमा न्यू वेभले विकन माविलाई २–० को पराजित गरेको छ । दोस्रो खेलमा एसआर ग्यालेक्सी विजयी भएको छ । एसआर ग्यालेक्सीले एनइएस स्कुललाई १–० गोल अन्तरले पराजित गरेको हो ।
तेस्रो खेलमा लिटल फ्लावर स्कुलले माउन्ट मकालुलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । लिटल फ्लावरले माउन्ट मकालुलाई ७–० गोल अन्तरले पराजित गरेको प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले जानकारी दिए ।
चौथो तथा अन्तिम खेलमा जीत निकाल्न साउथ जोन स्कुल विजयी भएको छ । ओम नेशनल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दैै साउथ जोन विजयी भएको हो ।
प्रतियोगिताको वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा २५ वटा टिम सहभागी रहेको प्रतियोगिताका संयोजक सुरजबाबु पटेलले जानकारी दिए । उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्च पास प्रदर्शन गरेका थिए । मार्च पास मनकामना मावि प्रथम,साउथ जोन मावि द्वितिय र सनलाइट मावि तेस्रो भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4