+
+

सातौं गोर्खाली रनिङ कप फुटबल प्रतियोगिता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १९:५५

७ फागुन, गोरखा । गोरखामा सातौं गोर्खाली रनिङ कप फुटवल प्रतियोगिता सुरु भएको छ । जिल्लाकै सर्वाधिक राशीको उक्त प्रतियोगीता अन्तर्गत आइतबार एक खेल मात्र भएको छ ।

हरमटारी क्लब ए र याङ्कोट युथ क्लबबीच भएको खेलमा ७–२ को फराकिलो गोल अन्तरले हरमटारी क्लब बिजयी बनेको छ । उक्त खेलमा हरमटारी क्लबका जमिर मास्के ह्याट्रिक गर्दै ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

हरमटारी क्लबको आयोजनामा भएको प्रतियोगिताको उपाधि बिजेता क्लबले २ लाख २२ हजार २२२ रुपैयाँ पुरस्कार पाउने छ ।

उपविजेता क्लबले १ लाख ११ हजार १११ रुपैयाँ र सेमिफाइनलमा पुग्ने दुवै टिमले ५० हजारका दरले नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष जीवन गुरुङले बताए । सर्वाेत्कृष्ट खेलाडी, अग्रपंक्ति, मध्यपंक्ति, रक्षक, गोलरक्षक र गोलकर्ताका लागि पनि नगद पुरस्कारको व्यवस्था रहेको उनले जानकारी दिए ।

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी प्रतियोगितामा जिल्लाभित्र र बाहिरका गरी कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता फागुन १४ गतेसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?