+
+

रासफोर्डको २ गोलमा युनाइटेड विजयी, टोटनहम शीर्ष चारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते ८:४६

८ फागुन, काठमाडौं । मार्कुस रासफोर्डको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा आइतबार लेस्टर सिटीलाई ३-० ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा रासफोर्डले २५औं मिनेटमा ब्रुनो पर्नान्डेजको पासमा गोल गरे । यस्तै ५६औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गरे ।

युनाइटेडका लागि जाडोन सान्चोले ६१औं मिनेटमा ब्रुनोकै पासमा गोल गरे ।

जितपछि तेस्रो स्थानको युनाइटेडको २४ खेलबाट ४९ अंक भएको छ । युनाइटेडले दोस्रो स्थानको सिटीसँग अंकदूरी ३ मा छोठ्याएको छ । आर्सनल २३ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा छ ।

यस्तै अर्को खेलमा टोटनहमले वेष्टहमलाई २-० ले हरायो । यस जितपछि टोटनहम चौथो स्थानमा उक्लेको छ ।

घरेलु मैदानमा टोटनहमको लागि एमरसनले ५६औं र हेउन मिन सनले ७२औं मिनेटमा गोल गरे ।

टोटनहमको २४ खेलबाट ४२ अंक भएको छ र न्युकासललाई १ अंकले पछि छाडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?