+
+

लुम्बिनीका कृषिमन्त्री अहिरले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १२:०५

८ फागुन,बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता अहिर मुख्यमन्त्री लिला गिरीको सिफारिसमा आइतबार कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त भएका थिए ।

बाँकेका अहिरलाई सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सपथ दिलाएका हुन् ।

यसअघि माघ २८ गते नेकपा एमालेबाट कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने जिम्मेवारी दिइएको छ ।

मन्त्री शर्मा भने त्यस बेला शपथ ग्रहण समारोहमा उपस्थित भएका थिएनन् । अहिरको नियुक्तिसँगै प्रदेश सरकारमा ११ जना मन्त्री पुगेका छन् ।

नयाँ सरकारले यसअघि कायम १३ वटा मन्त्रालय घटाएर १० वटा बनाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?