+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आईपीएल खेलाउने भन्दै मलेसियन खेलाडीलाई फिक्सिङको अफर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १५:४९
सेभेन थ्री स्पोर्ट्सका सञ्चालक जतिन अहुवालिया

८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टका जतिन अहलुवालियाको निर्देशनमा काठमाडौं नाइट्स्का भारतीयस सपोर्ट स्टाफ विकास ध्यानीले विदेशी खेलाडीहरुलाई फिक्सिङको प्रस्ताव राखेको पाइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका एन्टी करप्सन अफिसर वीर सिंहले आईसीसीलाई पठाएको इमेलमा मलेसियन खेलाडी वीरनदिप सिंहलाई फिक्सिङका लागि एप्रोच गरिएको उल्लेख छ । त्यसमा विकास ध्यानीले सेभेन थ्री स्पोर्टस्का तर्फबाट वीरनदिपलाई प्रस्ताव गरिएको भनिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी सुन्दर तिवारी नेतृत्वको छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएको इमेलको विवरण अनुसार वीरनदीपलाई उनी र बोस जतिन अलुवालिया दुवै पञ्जाबी भएको बताउँदै जतिनले धेरै माया गर्ने भन्दै प्रलोभन देखाइएको थियो ।

‘जतिन चाहन्छन् कि उनले भने अनुसार तिमीले खेल, त्यसअनुसार भए तिमी आईपीएल टिममा पनि छानिन्छौं र क्याप्टेन बनाइन्छौं’, उनलाई प्रस्ताव गरिएको थियो, ‘पैसा पनि दोब्बर पाउनेछौं ।’

क्रिकेट काउन्सिलले पठाएको इमेललमा फिक्सिङको जड अहलुवालिया भएको उल्लेख छ । जतिन नै खेलमा मिलेमतोको प्रस्ताव गर्ने मुख्य व्यक्ति भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

देखावटी रुपमा सेभेन थ्री स्पोर्टस् क्यानको रणनीतिक तथा व्यवसायिक साझेदारको रुपमा रहे पनि आफ्नो अनुकूल टिम धनी, व्यवस्थापनमा खटिएका कर्मचारी, विदेशी खेलाडी खडा गरेर उनीहरुमार्फत अन्य खेलाडीहरुमासमेत पुहँच बनाएर अनियमितता गराएर बाजी जिताउने वा हराउने कार्य गर्नु जतिनको उद्देश्य भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?