
८ फागुन, रौतहट । पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिप्रति एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आपत्ति जनाएका छन् ।
सोमबार व्यक्तव्य जारी गर्दै पूर्वप्रधानमत्री नेपालले प्रजातन्त्र दिवसको अवसरमा ज्ञानेन्द्रले दिएको वक्तव्य गणतन्त्रविरुद्धको असंवैधानिक र अनाधिकृत भएको बताएका छन् । जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकेको र अहिले कोही पनि श्री ५ महाराजधिराज नरहेको भन्दै उनले भनेका छन्, ‘उक्त वक्तव्यमा गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरुप्रति नजसरी लान्छना लगाइएको छ, त्यो आपत्तिजनक छ ।’
विगतमा राजतन्त्रले पटकपटक जनताका अधिकारमाथि धावा बोलेको प्रसंगलाई ढाकछोप गरेर गणतान्त्रिक व्यवस्थाविरुद्ध बोल्नु गलत भएको उनले बताएका छन् । साथै उनले सबै एकजुट भएर यस्ता गतिविधिको प्रतिवाद गर्न आह्वान समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4