+
+

राष्ट्रपति चर्चाबारे माधव नेपाल : टुंगोमा पुग्नु अर्कै कुरा हो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १९:०२

८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपति निर्वाचनमा सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा प्रचण्डसँग भएको भेटपछि उनले राष्ट्रपतिमा आफ्नै नाम उपर भएको चर्चाबारेको प्रश्नलाई इन्कार गरेनन् ।

राष्ट्रपतिमा आफ्नो नामबारे भएको चर्चाबारे उनले भने, ‘नाम चर्चामा ल्याउनु एउटा कुरा हो । अन्तिम टुंगोमा पुग्नु अर्को कुरा हो । चर्चामा धेरैका कुराहरु छन् ।’

भेटमा अन्य राजनीतिक विषयमा समेत छलफल भएको उनले सुनाए । ‘हाम्रो बीचको सम्बन्ध बलियो होस् । असमझदारी केही नहोस् । लामो यात्रामा जाऔं भन्ने कुरा भयो’ प्रचण्डसँगको भेटबारे नेता नेपालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?