+
+

भक्तपुरमा हृदयचन्द्र नाटक मेला सुरु

रासस रासस
२०७९ फागुन ८ गते २०:४४

काठमाडौं । भक्तपुरको लिवालिस्थित आस्था थिएटरमा सोमबारदेखि हृदयचन्द्र नाटक मेला सुरु भएको छ । नाट्यकर्मी समाज नेपाल र आस्था सांस्कृतिक परिवारले संयुक्तरूपमा आयोजना गरेको नाटक मेलाको बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईंले उद्घाटन गरे ।

यही फागुन १२ गतेसम्म पाँच दिन दैनिक दुई नाटकका दरले प्रदर्शन हुने नाटक मेलामा आज पहिलो दिन आयोजक समितिको ‘शरणगतको स्वागत’ र पारागण एकेडेमी स्कुलको ‘खैराँती मास्टर’ प्रर्दशन गरिएको नाट्यकर्मी समाजका निरज लवजुले जानकारी दिए ।

भक्तपुरका सात विद्यालयका विद्यार्थीको नाटक प्रस्तुत रहने मेलामा दोस्रो दिन ख्वप माविको ‘मरुभूमिका लेखक’ र पञ्चकन्या माविको ‘श्रीमैयाको इयर्लिङ’, तेस्रो दिन बाल विकास इङ्लिस सेकेन्डरी स्कुलको ‘खैराँती मास्टर’ र आयोजक समितिको ‘शरणागतको स्वागत’ को प्रस्तुत गरिने छ ।

खैराती मास्टर दुई समूहले प्रस्तुत गर्ने र शरणागतको स्वागत दुई दिन प्रस्तुत गर्ने उनले जानकारी दिए । चौथो दिन प्रभात इङ्लिस सेकेन्डरी स्कुलको ‘राजनीतिक रङ्गमञ्च’, ख्वप कलेजको ‘उनी देवता हुन्’ र पाँचौ तथा अन्तिम दिन जेन्युइन सेकेन्डरी स्कुलको ‘कीर्तिपुरको युद्धमा’ र आयोजक समितिको ‘गङ्गालालको चिता’ नाटक मञ्चन गरिने आयोजक समितिका सदस्य लवजुले बताए । नाटक प्रत्येक दिन मध्याह्न १२ बजे पहिलो सो र दिउँसो ३ बजे दोस्रो सो प्रदर्शन गरिने छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?