
१० फागुन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ ।
‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक-पटक भनिरहेका छौं । पटक–पटक प्रधानमन्त्रीबाट यो धारणा व्यक्त भएको छैन्,’ बुधबार प्रतिनिधिसभामा विशेष मिय लिएर नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले भने ।
विगतमा पनि यस्तो माग गर्दै आएको र प्रधानमन्त्रीको धारणा नआएको भन्दै उनले सदनमा अवरोधको सुरुवात गर्ने तयारीमा रहेको सुनाए । ‘त्यसैले गर्दा अब हामी बाध्य हुनेछौं सदन विरुद्ध । आजैदेखि सदन विरुद्धको तयारीमा छौं’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4