+
+

ललितपुरलाई हरियाली शहर बनाउने काम भइरहेको छ : चिरिबाबु महर्जन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १४:४१

१० फागुन, ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली शहर बनाउने योजनाअनुसार काम भइरहेको बताएका छन् । बुधवार ललितपुरमा नेपाल स्काउट वागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख महर्जनले आगामी आर्थिक वर्षदेखि महानगरपालिकाको नेपाल स्काउटको शाखासँग समन्वय र सहकार्य गरी हरियाली शहर बनाउने र ललितपुर महानगरपालिकालाई सुरक्षित शहर बनाउने कुरामा लाग्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘हामीले यो शहर, यो महानगर क्षेत्रलाई हरियालीमा रुपान्तरण गर्न चाहन्छौँ । यसका लागि हामीले धेरै कार्यक्रम र योजना सार्वजनकि गरिसकेको छौँ । सप्तापातल पोखरीसँग जोडिएको ३२ रोपनी जग्गा नेपाली सेनासँग फिर्ता लिएका छौँ, र हामीसँग भएको १५ रोपनी जग्गामा हरियाली र पानीजन्य प्रोजेक्ट सुरू गरिसकेका छौँ । २ वर्ष भित्रमा त्यहाँ हामी कमलको फूल फुलाउनेछौँ ।’

उनले महाकांल, वागमती गाउँपालिकाहरुमा पनि महानगरको सहयोगमा स्काउटका कार्यक्रमहरु पुर्‍याउन प्रतिवद्ध रहने बताए। उनले ललिपुर महानगरपालिकालाई हरियाली शहर बनाउनका लागि योजना र कार्यक्रम बनाइ काम पनि सुरू गरिसकेको बताए ।

उनले भने, ‘अब आउँदो आर्थिक वर्षदेखि ललितपुर महानगरपालिका र ललितपुर महानगरपालिकाको नेपाल स्काउटको शाखासँग समन्वय गरेर काम गर्नेछौँ । हामीले काम गर्नको लागि बजेट कुर्नु आवश्यक छ । त्यसपछि हामी कन्जुसम,महाकांल, वागमती गाउँपालिकाहरुमा स्काउट एक्टिभिटी बढाउन तयार छौँ ।’

उनले सप्तापातल पोखरीसँग जोडिएको ३२ रोपनी जग्गा नेपाली सेनासँग फिर्ता लिए त्यहाँबाट हरियाली ललितपुरको काम सुरू गरेको बताए ।

स्काउट प्रवर्तक लर्ड वेडेज पावेल् तथा लेडी वेडेन पावेलको जन्मोत्सव एवं यु फाउण्ड थिंकिङ डेको अवसरमा नेपाल स्काउट वागती प्रदेशले सो कार्यक्रम गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?