+
+

लघुवित्तमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर भएर लागि परेको छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १७:४६
फाइल तस्वीर

१० फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुमा देखापरेका समस्या समाधान गर्न गम्भीर भएर लागि परेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठक पश्चात संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले लघुवित्तमा देखिएका समस्या समाधान गर्न सरोकारवालाहरुसँग गम्भीर छलफल भइरहेको बताए ।

उनले विभिन्न चरणमा बैठक बसेर केही महत्वपूर्ण निर्णयहरु समेत भइसकेको जानकारी समेत दिए । अर्थमन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायहरुले काम सुरू गरिसकेको बताए ।

‘लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै हाइन । यो विषयमा गम्भीर भएर सरोकारवालाहरुसँग बैठक बसेका छौं । केही महत्वपूर्ण निर्णयहरु पनि गरेका छौं,’ उनले भने, ‘लघुवित्तको क्षेत्रमा जुन प्रकारको समस्या छ । लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको छ । त्यस्ता समस्या आउनुका कारणहरु खोजेर त्यसको समाधानका लागि सम्बन्धित निकायहरुले काम गरिरहेका सकेका छन् । त्यसका परिणामहरु निरन्तर आउँदैछन् ।’

उनले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयगत आधारमा कार्ययोजनाहरु अगाडि बढाएको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीको समाधान गर्न सरकार केन्द्रित भइरहेको बताए । उनले सरकार उत्पादनका सबै क्षेत्र, निजी क्षेत्रका सरोकार र समस्याहरुलाई समाधान गर्ने दिशामा केन्द्रित रहेको बताए । अर्थमन्त्री पौडेलले राजस्व परिचालन,अन्तर्राष्ट्रिय सहयोग परिचालन र पूँजीगत खर्च बढाउनेतर्फ सरकार लागि रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?