
१० फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीका नेताहरुलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् ।
बुधबार दिउँसो अध्यक्ष नेपालसँगै महासचिव बेदुराम भूसाल र सचिवालय सदस्य घनश्याम भूसाल धुम्बाराहीस्थित देउवा निवास पुगेका देउवा निकट स्रोतले बताएको छ ।
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै नेताहरुको दौडधुप बढेको छ । नेता नेपालले बुधबार नै पार्टीको सचिवालय बैठकमा आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको प्रस्ताव गरेको सुनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4