+
+
Shares

माधव नेपालले भने– हामी कुरा गर्न सिपालु छौं, कुराले चिउरा भिज्दैन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेताहरू जिम्मेवारीभन्दा कुरा गर्न धेरै सिपालु भएको टिप्पणी गरे।
  • वामदेव गौतमले कामभन्दा कुरा गर्न सिपालु हुँदै गएको प्रश्न उठाउनुभयो र माधवकुमार नेपालले त्यसलाई स्वीकार गरे।
  • नेपालले पार्टीका कार्यक्रम कार्यान्वयनका लागि सबैले आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

१९ कात्तिक, काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेताहरू कुरा गर्न धेरै सिपालु रहेको टिप्पणी गरेका छन्।

एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले नेताहरू जिम्मेवारी र दायित्व पूरा गर्न भन्दा कुरा गरेरै समय बिताउन सिपालु हुँदै गएको बताए।

अघिल्लो वक्ता रहेका वामदेव गौतमले केही प्रश्न उठाएको सन्दर्भ कोट्याउँदै उनले भने, ‘हामी पनि काम भन्दा कुरा गर्न सिपालु हुँदै गएका छौं। वामदेव कमरेडले ठिक कुरा उठाउनुभयो। कुराले चिउरा भिज्दैन।’

उनले अब पार्टीले लिने कार्यक्रमहरू कार्यान्वयनका निम्ति सबैले आआफ्नो दायित्व र जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?