+
+

डिल्लीबजारको भोजन गृह पुनः सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १४:३४

११ फागुन, काठमाडौं । कोरोना महामारीपछि बन्द भएको डिल्लीबजारस्थित चर्चित भोजन गृह पुनः सञ्चालनमा आएको छ ।

वरिष्ठ पर्यटन व्यवसायी भरत बस्नेतले १ सय वर्ष भन्दा पुराना दरवारलाई जिर्णोद्धार गरी भोजन गृह सञ्चालनमा ल्याएका थिए । कोभिड-१९ को महामारीका कारण भोजन गृह बन्द भएको थियो । जसलाई थप मर्मत सम्भार र जिर्णोद्धार गरी १५ फेब्रुअरी २०२३ बाट पुन सञ्चालनमा ल्याएको सञ्चालक भरत बस्नेतले जानकारी दिए । अबको पर्यटकीय सिजनलाई लक्षित गरी हामी पुनः सेवामा फर्किएका छौं,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘हराउँदै गएको नेपाली मौलिक खाना, भेषभूषा र संगितको समिक्षण एकसाथ पस्कन्छौं ।’

अहिले तत्कालका लागि भने भोजन गृहले आन्तरिक पर्यटकलाई लक्षित गरी सेवा दिइरहेको उनले बताए । भोजन गृहको प्याकेज विदेशी नागरिकका लागि ४ हजार रुपैयाँ हो । ‘नेपालीलाई २९ सय रुपैयाँमा सेवा दिइरहेका छौं,’ उनले भने, ‘यो छुट आन्तरिक पर्यटक आकर्षित गर्न दिइएको हो ।’ यो प्याकेज भित्र मौलिक संगित, रैथाने नेपाली खाना र ग्रामिण वातावरणको अनुभव लिन सकिन्छ ।

बस्नेतका अनुसार भोजन गृह प्रवेश गर्ने आगन्तुकका लागि शुरुमै मकैले स्वागत गरिन्छ । आलु तारेको, मःमः र क्वाँटीको सुप खाजाका रुपमा पस्किइन्छ । मेन कोर्षका रुपमा भोजन सादा भुजा, झानेको दाल, विभिन्न प्रकारको सिजनेवल तरकारी, कुखुरा र खसीको मासु प्रस्तुत गरिन्छ । त्यसपछि भने दुध र दहीबाट बनेका विभिन्न परिकार पस्किने गरिन्छ ।

बिदाइको क्षणमा चिया खुवाएर पाहुनालाई बिदा गरिन्छ । काठमाडौं डिल्लीबजारस्थित व्यस्त शहरको बीचमा पार्किङ सुविधासहित भोजन गृह पाहुनाको स्वागतमा तयार रहेको बस्नेतले बताए । भोजन गृहले एकसाथ २ सय जनालाई सेवा दिन सक्छ । अहिले तत्कालका लागि भने ८० जनालाई सेवा दिने गरी सञ्चालनमा ल्याइएको हो । यो तत्कालिन बडागुरुको दरवार हो । जसलाई बस्नेतले किनेर १९९८ देखि भोजन गृह सञ्चालनमा ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?