+
+

युएई जाने नेपाली क्रिकेट टिममा सन्दीप परेनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १५:१३

११ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुको युएईमा हुने खेल खेल्न सन्दीप लामिछाने नजाने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको ठाउँमा प्रतिस जिसीलाई राखेको छ ।

कानुनी अड्चन हुने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपको नाम समावेश नै नगरेको स्रोतले बताएको छ ।

यूएई जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भीम सार्की, आरिफ शेख, प्रतिस जिसी र मौसम ढकाल छन् ।

नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ । १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ ।

नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्दा  जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा भने उनलाई टिममा राखेको थियो ।

उच्च अदालतले धरौटीमा छाड्ने आदेश दिँदा सन्दीपलाई विदेश जान नपाउने उल्लेख गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?