+
+

जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक छ : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १७:२६

११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्ड आफूहरुलाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहेको बताएका छन् ।

बिहीबार माओवादी केन्द्रका नेताहरुसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘जसपालाई उपराष्ट्रपति दिने कुरामा उहाँहरु सकारात्मक हुुनुहुन्छ ।’

जसपा र एकीकृत समाजवादीसँगको बैठक चलिरहेका बेला माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद बैठकमा सहभागी हुन गएका छन् । मन्त्रिपरिषद बैठकपछि पुन ३ दलको बैठक बस्ने अध्यक्ष यादवले जानकारी दिए ।

छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको यादवले बताए ।

अहिलेको सत्ता गठबन्धन टुट्न लागेको हो भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष यादवले अहिले नै टुंगो नभएको बताए । ‘जबसम्म अहिलेको सरकार साझेदार दलहरुले लाइन क्लियर हुँदैन तबसम्म नयाँ पुरानो के अर्थ हुन्छ र ?’ उनले भने, ‘को कता भन्ने लाइन क्लियर भएको छैन ।’

प्रचण्डले भने सार्वजनिक रुपमा नै कांग्रेसलाई पनि समेटेर लैजानुपर्छ भन्ने धारणा राखेको र अहिले पनि त्यसमै अडिग रहेको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?