
काठमाडौं । आगामी चैत पहिलो साता नेपालगञ्जमा नेपाल फोटोग्राफी समिट हुने भएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हुने समिटमा देशभरबाट १११ जना फोटो पत्रकार र फोटोग्राफरहरु सहभागी हुनेछन् ।
उक्त समिटमा फोटोग्राफीमा सक्रिय नयाँपुस्तादेखि अग्रजसम्मको जमघट हुने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । ‘नेपालको फोटोग्राफीको विकासमा यो समिट कोसेढुंगा सावित हुनेछ,’ उनले भने ।
तेस्रो नेपालगञ्ज फोटो फेस्टिभलको सन्दर्भ पारेर गरिने फोटोग्राफी समिटमा फोटोग्राफर र र सञ्चारमाध्यममा कार्यतर फोटो पत्रकारहरु एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन् ।
‘रिल वाला’ क्यामेरादेखि अहिलेको अत्याधुनिक डिजिटल प्रविधिका क्यामेरा, गोप्रोदेखि ड्रोनसम्म चलाइरहेको पुस्ताको एकै ठाउँको जमघटले देशव्यापी सन्देश दिने शाहले बताए ।
समिटमा अन्तरक्रिया, समूहगत छलफल, फोटोग्राफीका चुनौतीबारे कार्यपत्र प्रस्तुति, अनुभव आदानप्रदान, धार्मिक र पर्यटकीयस्थल भ्रमण र फोटोग्राफीलगायतका कार्यक्रम हुने जनाइएको छ ।
प्रतिक्रिया 4