+
+
फ्राइडे रिलिज :

अक्षय कुमारको ‘सेल्फी’ र जापानको एनिमे फिल्म ‘सोर्ड आर्ट’ हलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते ११:४४

काठमाडौं । शुक्रबारदेखि नेपालमा दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन् । यो साता कुनै पनि नेपाली फिल्म रिलिज भएनन् । अक्षय कुमार स्टारर बलिउडको ‘सेल्फी’ र जापानको ‘सोर्ड आर्ट’ प्रदर्शनमा आएका हुन् । गत साता रिलिज भएको नेपाली फिल्म ‘फूलबारी’ पनि चलिरहेको छ ।

एक्सन, कमेडी र ड्रामा जनरामा आधारित हिन्दी फिल्म ‘सेल्फी’मा अक्षय कुमार, इमरान हासमी, नसुरत भरुचालगायतको शीर्ष भूमिका छ । राज मेहता निर्देशित फिल्मको लम्बाइ २ घण्टा २७ मिनेट छ । फिल्मको कथाको सारांश यस्तो छ, बलिउड सुपरस्टार विजय कुमारले आरटीओ अधिकारी ओमप्रकाश अग्रवालबाट नयाँ ड्राइभिङ लाइसेन्स लिन आवश्यक छ, जो विजयका कट्टर प्रशंसक हुन् । एउटा गलफत्तीले स्टार र फ्यानबीच मनमुटाव चर्कन्छ र कथा अघि बढ्छ ।

यसैबीच, जापानी फिल्म ‘सोर्ड आर्ट अनलाइन प्रोग्रेसिभ ः स्केर्जो अफ डीप नाइट’ समेत नेपाली मल्टिप्लेक्समा रिलिज भएको छ । एनिमे सिरिजका फ्यानलाई यो फिल्म रुचिकर हुन सक्छ । एनिमेटेड, साइन्स फिक्सन, एक्सन र एड्भेन्चर जनरामा निर्माण गरिएको फिल्मलाई आयाको कोनोले निर्देशन निर्देशन गरेका हुन् । योशित्सुगु मात्सुओका, हारुका टोमात्सु, इनोरी मिनासे शीर्ष भूमिकामा छन् ।

कथासार यस्तो छ- घातक खेल सुरु भएको दुई महिना बितिसकेको छ, र किरिटो र असुनाले प्रगति जारी राखेका छन् । तिनीहरू खजानाको लागि अघि बढ्छन् तर त्यसपछि तिनीहरूले असुनाको सबैभन्दा कम मनपर्ने राक्षसको सामना गर्नुपर्छ । रेकी कावाहाराद्वारा लिखित उपन्यासमा यो फिल्म आधारित छ ।

कोभिड महामारीपछि एप्पल इन्टरटेनमेन्टले नेपालमा जापानी फिल्मलाई रिलिज गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?