+
+

संवैधानिक राष्ट्रपतिलाई कार्यकारी जस्तो बनाएर बहस गर्नु दुःखद : शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १४:४४

१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संवैधानिक राष्ट्रपतिलाई कार्यकारी जस्तो बनाएर बहस गर्नु दुःखद भएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै शर्माले एजेण्डामा सहमति गरेर त्यसका अमधारमा संरचना र पदहरुको बाँडफाँट गर्नुपर्ने बताए । उनले भने, ‘राष्ट्रिय सहमतिका आधारमा अगाडि जाने बाटो खोजौं ।’

उनले संघीयता कार्यान्वयन गर्न स्थानीय तहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । प्रदेश भएकै कारण केही बजेट प्राप्त गरे पनि प्रशासनीक संघीयता कार्यान्वयन हुन नसकेको भन्दै उनले प्रदेशलाई परिणाममुखी बनाउनुपर्ने बताए ।

संघीय संसदले बनाउनुपर्ने ऐन कानुन बनन्दा प्रदेशहरुले सास्ती भोग्नु परेको र संविधानअनुसार अधिकार समेत हस्तान्तरण गर्न नसकेको भन्दै माओवादी सांसद शर्माले यसबारे छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?