+
+
Shares

‘मेरो गाउँ, मेरो ठाउँ’ डकुमेन्ट्री प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १८:०८

काठमाडौं । ‘वि विल राइज’ फाउण्डेसनले राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँ’ २०२३ को दोस्रो संस्करणका लागि भिडियो आह्वान गरेको छ । फाउण्डेसनले ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी वैशाख २१ गतेसम्मका लागि भिडियो पठाउन आग्रह गरेको हो ।

विजेता प्रतियोगीको घोषणा जेठ १३ गते हुने जनाइएको छ । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनै पनि महत्त्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभूषा, जातजातिको पहिचान, खानपान, कला, संस्कृतिलगायत विषयवस्तुमा केन्द्रित रही वि विल राइज फाउण्डेसनले प्रतिस्पर्धा आयोजना गर्दै आएको छ ।

सन् २०१९ मा पहिलो पटक आयोजित प्रतियोगितामा देशभरबाट १३२ वृत्तचित्र सहभागी थिए । सन् २०२० मा प्रतियोगिताका लागि भिडियो आह्वान भएपनि कोभिड-१९ महामारीका कारण कार्यक्रम स्थगित भयो । वृत्तचित्र अधिकतम पाँच मिनेटको हुनुपर्ने सर्त छ । प्राप्त भिडियोमध्येबाट निर्णायकले छनोटले गरेका उत्कृष्ट १० लाई नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड प्रदान गरिनेछ ।

कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न र यस क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रमको उपादेयता अझ बढेर गएको फाण्डेसनद्वारा जारी वक्तव्यमा उल्लेख छ । सहभागीले फाउण्डेसनको आधिकारिक वेबसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपीमा फारम भरेर सहभागिता जनाउन सक्ने भएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?