+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नयाँ गठबन्धनबारे राजेन्द्र लिङ्देन भन्छन् : प्रतिक्रिया जनाइहाल्नु हतार हुन्छ

नयाँ राजनीतिक परिस्थितिमा राप्रपाको नीति : पर्ख र हेर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते २१:११

१२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउने गरी आठ राजनीतिक दलले गरेको निर्णयप्रति प्रतिक्रिया नजनाउने भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री छन् । आफूहरुले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने भनी पार्टीबाट औपचारिक निर्णय लिएको भन्दै उनी उम्मेदवारको समर्थनका लागि दलहरुले गरिरहेका गतिविधिमा कम चासो राखेको बताउँछन् ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दाको नयाँ गठबन्धन भत्केर नयाँ बन्दा सरकारमा रहने वा नरहने भन्ने विषयमा पनि परिस्थिति निर्भर रहने भन्दै अध्यक्ष लिङ्देन सबै राजनीतिक घटनाक्रमबारे तत्काल आफूसँग कुनै जवाफ नरहेको बताउँछन् ।

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने आठ दलको निर्णय र सरकारमा रहने वा नरहने विषयमा उनको छोटो जवाफ छ, ‘सबै विषयलाई लिएर प्रतिक्रिया जनाइहाल्नु हतार हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?