+
+

केही सहकारीका कारण राम्रा सहकारीलाई पनि अफ्ठ्यारो पर्‍यो : मन्त्री राई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १४:०३

१४ फागुन, काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।

आइतबार आर्थिक मिडिया सञ्चालक संघले काठमाडौंमा गरेको सहकारीमा संकट कारण र समाधान विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले सबै खराब नभए पनि केही सहकारीका कारण यो क्षेत्र बदनाम भएको बताए ।

‘सहकारीमा भएका समस्या र समाधानका विषयमा लिपिवद्ध गरेर म भएको ठाउँमा ल्याउनुुस् । म समस्याको समाधान गर्न तयार छु । सहकारीको समस्या समाधानको लागि सबै जना लाग्नुपर्छ । सरकार सहकारी क्षेत्रमा भएका समस्या समाधान गर्न तयार छ’ उनले भने ।

उनले ३० हजार सहकारीमा १५ केहीले मात्र बदमासी गरेको भन्दै हल्लाको पछाडि लाग्दा सहकारीमाथिको विश्वास गुम्दै गएको धारणा राखे ।

‘सहकारीका कहाँकहाँ समस्याहरु छन् । त्यहाँबाट निराकरण गरेर बदमासी गर्नेहरुलाई कारबाही प्रक्रिया अगाडि बढाए भयो । हल्लाको कारण मानिसहरुले सहकारीलाई नराम्रो भन्न थालेका छन् । सहकारीले राम्रो काम गरेको छ । ग्रामीण क्षेत्रका जनताको दैनिक समस्या समाधान गरेको छ’ मन्त्री राईले भने ।

मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले वचतकर्ताको वचत सुरक्षा र सहकारी अभियानको मूल्य, मान्यतामा आँच आउन नदिन मन्त्रालय संवेदनशील रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?