+
+

पल शाहको मुद्दाको सुनुवाइ उच्च अदालत पोखरामा हुँदै, बेलुकासम्म आदेश आउन सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १५:१४
फाइल तस्वीर

काठमाडौं । अभिनेता पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ भइरहेको छ । बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतले शाहलाई साढे दुई वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा अहिले पलका वकिलहरुले बहस गरिरहेका छन् । सुनुवाइपछि आजै साँझसम्म आदेश आउन सक्ने सम्भावना रहेको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा नवलपुर अदालतले सफाइ दिएपनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष जेल सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । यही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतले शाहलाई सफाइ दिएको थियो ।

नवलपुर अदालतको फैसलाअनुसार अहिले शाह तनहुँ कारागारमा जेल सजाय बिताइरहेका छन् ।

नाबालिकालाई बलात्कार गरेको आरोपमा गत फागुन ११ गते उनका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवपरासी पूर्व (नवलपुर)मा पलविरुद्ध उजुरी दिएका थिए । त्यसपछि फरार रहेका शाहले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?