+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘आईएमई पे’ले थप्यो पे विथ लिंक बैंक सुविधा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १७:३४

काठमाडौं । ‘आईएमई पे’ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अबदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरी आईएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

यो सेवा प्रयोग गर्ने सेवाग्राहीहरूले बैंक लिंक गरे वापत १०० रूपैयाँ र बैंक लिंक गरिसकेपछि प्रत्येक भुक्तानीमा क्यासब्यकका अतिरिक्त विभिन्न अवार्डहरू पनि प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाइएको ‘आईएमई पे’ले जनाएको छ ।

टपअपको भुक्तानीमा ५ प्रतिशत क्यासब्याक, क्यूआर भुक्तानी एवम् क्यूएफएक्सको मुभी टिकटमा क्यासब्याकका साथै एयरलाइन्सको टिकट खरिदमा २ सय ५० रूपैयाँदेखि ७ सय रूपैयाँसम्मको क्यासब्याक बैंक लिंक गरी कारोबार गर्दा प्राप्त हुने ‘आईएमई पे’ले बताएको छ ।

‘आईएमई पे’का अनुसार थपिएको यस सेवाले बैंक प्रयोगकर्ताहरूलाई लिंक बैंकबाट नै सजिलोसँग भुक्तान गर्न मिल्ने विशेषता प्रदान गर्दछ भने ठूलो रकमको भुक्तानीमा पनि सिधै पे विथ लिंक बैंक छनोट गरी भुक्तान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?