काठमाडौं । टीभीएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले विराटनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
गत १३ फागुन शनिबार आयोजना भएको यस राइड टीभीएसको विराटनगर शोरुमबाट सुरु भएर लेटाङसम्म पुगेर समापन भएको थियो। उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको कम्पनीले जनाएको छ ।
सहभागी राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको कम्पनीले जनएको छ ।
करिब ४० जना राइडरहरु सहभागी भएको उक्त राइडमा सबै सुरक्षा सावधानीहरु अपनाइएको थियो भने राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाका बारेमा जानकारी प्रदान गरिएको कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4