
१५ फागुन, काठमाडौं । इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित भएका छन् । संघको १६औं वार्षिक साधारणसभाबाट पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले संघका निवर्तमान अध्यक्ष ईश्वर चिपालुलाई पराजित गरेका हुन् ।
वरिष्ठ उपाध्यक्ष पदमा दिपेश श्रेष्ठ निर्वाचित भएका छन् । उनले प्रवीण श्रेष्ठलाई पराजित गरेका हुन् । उद्योगतर्फको उपाध्यक्षमा श्री विष्ट र वाणिज्य उपाध्यक्षमा बालबुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा दिव्य भट्टराई निर्वाचित हुँदा महासचिवमा हेमन्त गौतम, सचिवमा सुमन दास र कोषाध्यक्षमा सन्तोष भक्तराज निर्वाचित भएका छन्।
खुल्ला सदस्य पदमा धर्मेन्द्र सुवेदी, हिमाल बस्नेत, नितेस खत्री, दीपेश खत्री र दिनेश महत निर्वाचित भएका छन् । यो समितिको कार्यकाल तीन वर्षको हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4