+
+

कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याइएको १० लाखको औषधि बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते ९:०६

१६ फागुन, धनगढी । कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याइएको १० लाख रुपैयाँ भन्दा बढीको औषधि बरामद गरेको ५ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको टोलीले भीमदत्त नगरपालिका-३ भासी पुल नजिककै लुकाएको अवस्थामा १० लाख २१ हजार चार सय रुपैयाँ बराबरको औषधी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगील लुकाई छिपाई राखेको अवस्थामा SEGOPLEX नामक औषधि ८१० पत्ता, BONEVIT एक हजार पत्ता र NEUROMAX एक हजार ८० पत्ता बरामद गरिएको जानकारी दिए ।

बरामद गरिएका औषधी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको डांगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?