+
+

हन्ड्रेड क्रिकेटको ड्राफ्टमा सन्दीप र अर्जुन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते ९:०४

१७ फागुन, काठमाडौं । इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने फ्रेन्चाइज क्रिकेट दी हन्ड्रेड को ड्राफ्टमा नेपालका सन्दीप लामिछाने र अर्जुन साउद समावेश भएका छन् ।

तेस्रो संस्करणको प्रतियोगिताका लागि सार्वजिनक ड्राफ्ट लिस्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने र विकेटकिपर अर्जुन साउद परेका हुन् ।

सन्दीप यसअघि पनि हन्ड्रेड क्रिकेटका लागि छनोट भइसकेका थिए । तर भिसा प्रक्रिया नमिल्दा उनले खेल्न पाएका थिएनन् । अर्जुन भने पहिलो पटक हन्ड्रेडको ड्राप्टमा परेका हुन् ।

प्रतियोगिता खेल्नका लागि ड्राफ्टबाट छनोट हुनुपर्नेछ ।

सार्वजनिक ड्राफ्ट सूचीमा सन्दीप र अर्जुनसहित कुल ३६८ खेलाडी छन् । खेलाडी ड्राफ्ट यह मार्च २३ मा आयोजना हुनेछ ।

तेस्रो संस्करणको हन्ड्रेड क्रिकेट अगस्ट १ बाट सुरु हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?