+
+

वामदेवलाई भेटेर ओलीले भने- फर्कनुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १८:२६

१७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमलाई एमालेमै फर्कन आग्रह गरेका छन् । गौतमको निवास भैंसेपाटी पुगेर ओलीले एमालेमै फर्कन आग्रह गरेका हुन् ।

‘यो पार्टी निर्माणमा तपाईंहरुको ठूलो योगदान छ, यतै सक्रिय हुनुहोस्’ ओलीको भनाइ थियो । तर गौतमले भने एमालेमा आउन अवरोध रहेको जवाफ दिएका थिए ।

ओलीलाई गौतमको जवाफ थियो, ‘त्यहाँ अवरोध छ, पहिले हटाउनुहोस् । अनि कुरा गरौंला ।’ सक्रिय राजनीति गर्न एमालेमा ७० वर्षे उमेर हदको व्यवस्था छ ।

त्यो उमेर पार गरिसकेका गौतमले ओलीसँग विकल्प पनि सुझाएका थिए । ‘उमेर हदको व्यवस्था कायमै राख्ने हो भने अध्यक्ष र महासचिवमा चाहिं नराखौं, किनकि कम्युनिष्ट पार्टीमा निष्क्रिय मान्छे सदस्य नै हुन सक्दैन’, गौतमले भनेका थिए ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि गौतम कतै पनि लागेका थिएनन् । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीतिर नलागेका गौतमले आफ्नै नेतृत्वमा राष्ट्रिय एकता अभियान चलाइरहेका छन् ।

भेटका क्रममा एमाले अध्यक्ष ओलीले गौतमसँग राष्ट्रपति चुनावमा मत पनि मागेका छन् । उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएका ओलीले गौतमसँग मत मागेका थिए । गौतम राष्ट्रियसभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?