+

केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबलाई

२०७९ फागुन  १७ गते १९:२१ २०७९ फागुन १७ गते १९:२१
केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबलाई

१७ फागुन, काठमाडौं । पहिलो संस्करणको केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ ।

सातदोबाटो युथ क्लबलाई टाइब्रेकरमा ५-३ ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो । खेलको पाँचौं मिनेटमा ओलावले अफिजले हेडर गोल गर्दै मछिन्द्रलाई १-० को अग्रता दिलाए ।

मछिन्द्रले सुरुमै खेलमा अग्रता लिए पनि सातदोबाटोको लागि कप्तान सुदिप गुरुङको पासमा जर्डन जुनियर ओभानाले १९ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसपछि  खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टिमले मौका बनाए पनि सदुपयोग गर्न सकेनन् ।

निर्धारित समयमा १-१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।

विजेता मछिन्द्रले १० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ भने उपविजेता टोलीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

 

केपी ‌ओली कप फुटबल मछिन्द्र एफसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय