+
+

संगीतसम्बद्ध ६ संस्थाले भने- सुवास रेग्मीविरुद्धको अनुसन्धानमा सघाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते ११:५२
सुवास रेग्मी । फाइल तस्वीर

काठमाडौं । स्रष्टा र सर्जकलाई सामाजिक सञ्जालबाट अपमानजनक गालीगलौज गरेको भन्दै भन्दै संगीतसम्बद्ध ६ संघसंस्थाले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीको उक्त कार्यप्रति खेद व्यक्त गरेका छन् ।

फागुन ७ गते गीतकार महेश आचार्यले रेग्मीविरुद्ध प्रहरीको साइबर ब्युरोमा दिएको उजुरीप्रति उनीहरुले समर्थन जनाएका छन् ।

गीतकार संघ, संगीतकार संघ, सांगीतिक संघ, संगीतकर्मी संघ, संगीत उद्योग संघ र प्रस्तोता समाजले संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत स्रष्टा, सर्जक र कलाकारलाई लक्षित गर्दै गरिएका गालीगलौजप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । रेग्मीको उक्त कार्यले सांगीतिक क्षेत्र दुःखी भएको समेत उनीहरुले उल्लेख गरेका छन् ।

रेग्मीविरुद्धको जाहेरीमाथि समर्थन जनाउँदै उनीहरुले अनुसन्धानमा साथ दिने वचन दिएका छन् । भविष्यमा यस्ता कार्य निर्मूल पार्न र सम्बन्धित निकायलाई यसतर्फ गम्भीर रुपमा ध्यानाकृष्ट गर्न समेत उनीहरुले आग्रह गरेका छन् । गत फागुन ८ गते प्रहरीको केन्द्रीय साइबर ब्युरोले थाइल्याण्डबाट नेपाल आउने क्रममा रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिएको थियो ।

रेग्मी अहिले प्रहरी हिरासतमा छन् । उनलाई काठमाडौं जिल्ला अदालतबाट थप तीन दिन म्याद थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?