+
+

रास्वपासँग एमालेले माग्यो राष्ट्रपति निर्वाचनमा भोट

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १६:५६

१८ फागुन, काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको छ ।

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी एमाले नेताहरुले राजनीतिक भेटघाट तिब्र बनाएका छन् । त्यस क्रममा बिहीबार रास्वपा सभापति लामिछानेसँग भेट गरेको हो ।

भेटपछि पत्रकारहरुसँग कुरा गर्दै एमाले सचिव योगेशकुमार भट्टराईले रास्वपाको भनाइबाट आफूहरुले राष्ट्रपति निर्वाचनमा नेम्वाङलाई सहयोग गर्ने बुझेको बताए ।

‘लामिछानेले सुवासचन्द्र जत्तिको मान्छे मुलुले कम नै पाउँछ यो एउटा मौका हो भन्नेकुरा गर्नुभयो । पार्टीको आन्तरिक छलफलबाट निर्णय गर्छु भन्नुभएको छ’ उनले भने, ‘उहाँको भनाइ र बडी ल्याङ्ग्वेजबाट हामी यो बुझ्छौँ कि राष्ट्रपतिमा रास्वपाको मत हामीलाई आउँछ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले भेटमा एमाले प्रतिनिधिले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको र आफूहरुले पार्टीको आन्तरिक छलफल पछि निर्णय लिने जानकारी गराएको बताए ।

‘पार्टीले निर्णय गर्न बाँकी छ भनेका छौँ उहाँ एउटा उपयुक्त पात्र हो यसमा कुनै शंका छैन । निर्णय आज नै गर्न सकिँदैन, केन्द्रीय समिति र संसदीय दलको बैठकमा राख्छौँ र त्यहाँ निर्णय हुन्छ । पुस १० को सहमतिको हामी साक्षत छौँ, त्यसलाई पनि हामीले मध्यनजर गरेका छौँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?