+
+

पीएसजीका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते २१:३४

१९ फागुन, काठमाडौं । पेरिस सेन्ट जर्मेन र मोरक्कोका डिफेन्डर असराफ हाकिमीमाथि बलात्कारको आरोप लागेपछि उनीमाथि अनुसन्धान सुरू भएको छ ।

२५ फेब्रुअरीमा पेरिसस्थित घरमा हाकिमीले आफूलाई बलात्कार गरेको २४ वर्षीया महिलाले आरोप लगाएकी छिन् । तर हाकिमीले आरोप अस्वीकार गरेका छन् ।

हाकिमीलाई प्रहरी निगरानीमा राखिएको छ र पीडित भनिएकी महिलासँग सम्पर्क गर्न प्रतिबन्ध लगाइएको छ ।

पीएसजीले आफूलाई न्यायप्रणालीमाथि विश्वास रहेको भन्दै हाकिमीको पक्षमा रहेको बताएका छन् । आफूले मैदान र मैदान बाहिर सम्मानलाई बढवा दिने गरेको भन्दै क्लबले छानबिनमा सहयोग गर्ने बताएको छ ।

पीएसजीका प्रबन्धक क्रिस्टोफ गाल्टियरले पत्रकार सम्मेलनमा हाकिमीमाथि भइरहेको अनुसन्धानको बारेमा टिप्पणी गर्न अस्वीकार गरे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?