
२० फागुन, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले अग्रता जोगाउन नसक्दा शहीद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा हिमालयन शेर्पासँग अंक बाँडेको छ ।
दशरथ रंगशालमा शनिवार साँझ भएको खेलमा मनाङ र हिमालयन शेर्पाले १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको १४औं मिनेटमा रोशन राना मगरको गोलमा मनाङले अग्रता लिएको थियो । तर अन्तिम पाँच मिनेट मनाङले अग्रता जोगाउन सकेन । हिमालयन शेर्पाका लागि सुरेश कुमालले ८५औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।
यसअघि शनिनबार भएको अन्य खेलमा एपीएफले थ्रीस्टारलाई २-० ले तथा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २-१ ले हराएको छ ।
आइतबार एनआरटी र सातदोबाटो युथ क्लबबीच च्यासल मैदानमा साढे २ बजे खेल सुरु हुनेछ । त्रिभुवन आर्मी एफसी र संकटा क्लबबीच दशरथ रंगशालमा साढे २ बजे नै खेल सुरु हुनेछ ।
साविक विजेता मछिन्द्र एफसीले जावलाखेल युथ क्लबसँग दशरथ रंगशालमा साढे ५ बजे खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4