
२० फागुन, काठमाडौं । नेपाली गोलकिपर किरणकुमार लिम्बु सम्मिलित राउण्ड ग्लास पञ्जाव एफसीले भारतको दोस्रो श्रेणीको फुटबल आई लिगको उपाधि जितेको छ ।
शनिबार भएको खेलमा राजस्थान युनाइटेडलाई ४-० ले पराजित गर्दै पञ्जावले एक खेल अघि नै उपाधि पक्का गरेको हो । पञ्जावले २१ खेलबाट ४९ अंङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको श्रिनिध डेकनको २० खेलबाट ४१ अंक छ र बाँकी दुवै खेल जितेपछि पञ्जावलाई भेट्ने छैन ।
आई लिग च्याम्पियन पञ्जावले अर्को सिजनको इन्डियन सुपर लिग (आईएसएल) मा समेत स्थान बनाएको छ । यस सिजनदेखि आई लिग च्याम्पियन टिमले शीर्ष श्रेणीको आईएसएलमा बढुवा हुने व्यवस्था लागु गरिएको हो ।
किरणले सन् २०१७-१८ को सिजनमा मिनेर्भा पञ्जावबाट खेल्दै आई लिग जिताएका थिए ।
नेपालका अर्का खेलाडी अन्जन विष्ट सम्मिलित केन्क्रे एफसी भने यो सिजनमा अन्तिम दुईमा रहेर आई लिगबाट रेलिगेसनमा परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4