+
+

धरान एक्स्पोमा नेपाली पर्यटनको प्रवर्द्धन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १२:३६

२१ फागुन, काठमाडौं । स्थानीय पर्यटन प्रवर्द्धनका लागि धरानमा एक्स्पो आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानलाई पूर्वी भेगको पर्यटकीय हब बनाएर यस भेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नु पर्ने बताए । उनले त्यसका लागि पूर्वी भेगका धार्मिक स्थल र सप्तकोशी जलमार्गलाई उपयोग गर्न सकिने समेत बताए ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सुनसरी उद्योग वाणिज्य संघले धरानमा आयोजना गरेको धरान एक्सपो २०७९ को समापन समारोहमा बोल्दै मन्त्री किरातीले धरान व्यापारीक र पर्यटन केन्द्र भएकाले पर्यटनको हबको रूपमा विकास गरी त्यसलाई स्वदेशी उत्पादनको बजारीकरणको केन्द्र बनाउन सकिने बताए ।

पर्यटनलाई यस भेगका उत्पादनको आफ्नो स्वाद र संस्कार संस्कृतिका रूपमा नेपाली मोडल बनाएर नेपाली उत्पादनलाई बजारीकरण गरिनु पर्ने बताए । मन्त्री किरातीले नेपाली स्रोत साधनलाई सामूहिक रूपमा सञ्चालन गर्दै प्रविधि मैत्री किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नु पर्ने बताए । पूर्वमन्त्री मीन विश्वकर्माले धरानमा सबै थोक रहेकोले यहाँको लगानी पलायन हुन नदिन गम्भीर हुनु पर्ने बताए । उनले उद्योगी/व्यवसायीलाई स्थानीय उत्पादनको ब्राण्डिङमा लाग्न सुझाव दिए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले धरान क्षेत्रको विकासका लागि एकीकृत अवधारणा आवश्यक रहको बताए । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उत्पादनमुखी व्यापार, व्यवसायीले लगानी गरेर कमाएको पूँजीलाई धरान बाहिर लैजान नपाउने नियम आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?