+
+

ठोरीमा उज्यालो अभियान

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १९:५५

२१ फागुन, ठोरी । ठोरी गाउँपालिका वडा नम्बर २ मा उज्यालो अभियान कार्यक्रम सञ्चालन गरिएको छ । युथ फर चेन्जको आयोजनामा आइतबार ठोरीको गौतमनगरबाट उज्यालो अभियान सुरु गरिएको हो ।

आइतबार एक औपचारिक कार्यक्रम गरी ठोरी-२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटालाई सडक पोलमा जडान गरिएका बत्ती हस्तान्तरण गरिएको हो । युथ फर चेन्ज ठोरीका अध्यक्ष छतेन्द्र आचार्यले वडाध्यक्ष सापकोटालाई बत्ती हस्तान्तरण गरे ।

उज्यालो अभियान अन्तर्गत पहिलो फेजमा आइतबार ३५ वटा बत्ती जडान गरिएको हो । यी बत्ती हुलाकी सडकदेखि चोकबजार हुँदै मेलटोल चोकसम्मका ३५ वटा पोलमा जडान गरिएको आचार्यले जानकारी दिए । युथ फर चेन्जको पहिलो कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम उज्यालो अभियान सञ्चालन गरिएको उनले बताए ।

युथ फर चेन्जकै आयोजनामा सोमबार होली मिलन समारोहको समेत आयोजना गरिएको छ । ठोरीको चोक बजारमा सांगीतिक कार्यक्रम सहित होली विषेश कार्यक्रम सञ्चालन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?