+
+

भीम सार्कीले गरे प्लेअर अफ दि म्याच अवार्ड हजुरआमालाई समर्पण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते २०:०४

२२ फागुन,  काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू मा सोमबार यूएईलाई उसैको मैदानमा हराउन उत्कृष्ट प्रदर्शन गरेका भीम सार्की प्लेअर अफ दि म्याच बने ।

दुबई स्टेडियममा यूएईलाई ४२ रनले पराजित गर्दा ७० रन बनाएका उनले प्लेयर अफ दि म्याचको अवार्ड हजुरआमालाई समर्पित गरेका छन् ।

खेलपछि ‘पोस्ट म्याच प्रिजेन्टेसन’मा भीमले नेपालीमा बोल्दै आफूले पाएको ‘प्लेअर अफ द म्याच’को ट्रफी हजुरआमालाई समर्पित गर्ने बताए । प्रिजेन्टेटरले अंग्रेजीमा प्रश्न सोधे पनि उनले नेपालीमा जवाफ दिए ।

ओडीआई करियरको पाँचौ खेल खेलेका भीमले पाँचौ नम्बरमै ब्याटिङ गर्दै नेपालका लागि आजको खेलमा सर्वाधिक ७० रन बनाए । अघिल्लो खेलमा पपुवा न्युगिनी विरुद्ध ८ रनमै आउट भएका उनले यूएई विरुद्ध करिअरकै उत्कृष्ट इनिङ्स खेले । उनले ९९ बल खेल्दै ७ चौका मद्दतमा ७० रन जोडे ।

१२औं ओभरमा कप्तान रोहित आउट भए पछि क्रिजमा पुगेका भीमले छैटौं विकेटका लागि सन्दीप लामिछाने र सातौं विकेटका लागि आरिफ शेखसँग समान ५६ रनको साझेदारी गरेका थिए । १८औं ओभरमा ६८-५ को अवस्थामा पुगेको नेपालको इनिङ्स भीमले नै सम्हाल्दै खेलमा पुनरागमन गराएका थिए ।

भीमले गत वर्ष मार्चमा घरेलु मैदानमै पपुवा न्युगिनी विरुद्ध ओडीआईमा डेब्यु गरेका थिए । उनले पाँच ओडीआईमा एक अर्धशतकसहित १२१ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?