+
+

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १३:०२

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले जिल्ला प्रहरी कार्यालय काठमाडौं र प्रहरी वृत्त मालीगाँउलाई सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको केन्द्रीय कार्यालय दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ बोर्ड, सामाजिक जनचेतनामुलक पुस्तिका, आवश्यक सम्पर्क नम्बर सहितको स्टिकर र मास्क सहयोग गरेको छ ।

मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालीन समयमा प्रहरी चेकिङ गर्न सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

सामुदायिक सेवाकेन्द्र तथा सामुदायिक प्रहरी सेवाकेन्द्र, नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाँउका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैंकका निक्षेप बजारीकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गगरेका थिए ।

त्यसैगरी बैंकको शंखमुल शाखाले जिल्ला प्रहरी कार्यालय काठमाडौं, टेकुलाई फ्लोरेसन ज्याकेट सहयोग गरेको छ । रात्रिकालीन समयमा सडकमा खटिएका प्रहरीहरुको जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याउनका लागि उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौं, टेकुका प्रहरी उपरिक्षक सिताराम रिजाललाई शंखमुल शाखाका प्रमुख पुण्य श्रेष्ठले उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?