+
+

कांग्रेस उम्मेदवार पौडेलले राष्ट्रपतिमा अत्यधिक मतले जित्नुहुन्छ : उपसभापति खड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १७:०५

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्यधिक मतले जित्ने दाबी गरेका छन् ।

मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति खड्काले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘९ दलको तर्फबाट एउटा संयन्त्र बनाएका छौं । त्यही समितिको बैठक बस्यौं । राष्ट्रपतिको मतदान गराउँदैछौं । गठबन्धन त अघि बढिसक्यो । सबैले सहयोग गरेर अत्यधिक मतले जित्नुहुन्छ । ’

उनले आजको बैठकमा २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल भएको बताए । उनले राष्ट्रपति निर्वाचनको व्यवस्थापन सम्बन्धीका बारेमा छलफल भएको बताए । उनले गठबन्धनकै बलमा आगामी दिनमा ९ दलीय गठबन्धनलाई व्यापक र विस्तार गर्दै जाने बताए ।

उनले भने, ‘आजको बैठक हामीले २५ गते हुने राष्ट्रपति निर्वाचनको सन्दर्भमा ९ दलको तर्फबाट साझा उम्मेदवारको रुपमा प्रस्तुत गरिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलजीलाई अघि सारेका छौं। प्राविधिक तयारीको कुरा हो । यो निर्वाचन परिचालनसँग जोडिएको संयन्त्र बनाएका छौं। त्यसकै जगमा यसलाई विस्तार र व्यापक गर्दै अघि जान्छौं । अत्यधिक मतले हामी जित्छौं।’

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले आजको बैठकमा गठबन्धनलाई विस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको बताए ।

उनले भने, ‘आज प्रारम्भिक छलफल भएको छ, कुनै निष्कर्ष भएको छैन । गठबन्धनलाई विस्तार र व्यवस्थित गर्ने विषयमा छलफल भएको छ।’

सरकार विस्तारको बारेमा भने राष्ट्रपति निर्वाचनपछि मात्रै थप कुरा अघि बढ्ने बैठकमा सहभागी नेताहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?