
काठमाडौं । चार महिला पात्रको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’को टिजर पोस्टर सार्वजनिक भएको छ । बुधबार नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा नारीको संवेदना र मुडलाई दर्शाउने ढंगले प्रतीकात्मक दृश्यलाई प्रस्तुत गरिएको छ ।
फिल्मको शीर्ष भूमिकामा उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी र मोनिका थापा छन् । एन्थोलोजी जनरामा निर्माण भएको फिल्मले तीन घटनालाई चित्रण गर्ने कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए । ‘यी तीनै घटना लभस्टोरी कथावस्तुमा आधारित छन्,’ भट्टले भने ।
आशा शर्माले निर्माण गरेको फिल्मलाई आगामी वैशाखमा प्रदर्शनको तयारी छ । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई गणेशदेव पाण्डेले निर्माण गरेका हुन् । यसअघि उनले मञ्जरी, गाजा बाजा फिल्मको निर्देशन गरेका थिए । विवेक खड्काको छायांकन र अजय खड्काको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4