+
+

लिग २ : नेपालले पीएनजीविरुद्ध ब्याटिङ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते ९:००

२५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्ने भएको छ ।

टीयू मैदानमा टस हारेपछि नेपाली टोलीले पहिले ब्याटिङ गर्ने निम्तो पाएको हो ।

यसअघि यूएई शृङ्खलामा चोटका कारण सबै खेल खेल्न नपाएका कुशल भुर्तेल आज प्लेइङ सेटमा छन् । यूएईबाटै ओडीआईमा डेब्यु गरेका प्रतिश जिसी भने बेन्चमा रहने छन् ।

यसअघि भएका दुई शृङ्खलामा नेपालले लगातार पीएनजीलाई पराजित गरेको थियो ।

नेपाल यो शृङ्खलाका सबै चार खेल जित्ने लक्ष्य राखेको छ । यसअघि टियू मैदानमा शृङ्खला क्लिन स्वीप गरेको नेपाली टोली यसपटक पनि दोहोर्‍याउन चाहन्छ ।

यो शृङ्खलाका चार खेल जिते नेपालले शीर्ष तीनमा रहेर वर्डकप क्वालिफायर खेल्न पाउने छ । शृङ्खलामा नेपालले पीएनजी र यूएईसँग दुई/दुई खेल खेल्नेछ ।

फ्लेइङ ११

आसिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, भिम शार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?