+
+

हराएका २३ मोटरसाइकल प्रहरीले धनीलाई बुझायो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते १३:२२

२५ फागुन, काठमाडौं । विभिन्न मितिमा हराएका २३ ओटा मोटरसाइकल र स्कुटर प्रहरीले बिहीबार धनीलाई हस्तान्तरण गरेको छ ।

रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रम गरी २० ओटा मोटरसाइकल र ३ ओटा स्कुटर धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अबिनारायण काफ्लेले बताए ।

गत साउनदेखि हालसम्म सवारी साधन हराएको भनी उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ११६२ वटा निवेदन परेको थियो । त्यसमध्ये प्रहरीले ३५३ वटा मात्र फेला पारेको छ र ३२८ वटा सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ । फागुन महिनामा मात्र प्रहरीले हराएकव २४ वटा सवारी साधन फेला पारेको छ र २६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

साउनयता धनी नखुलेका ९५ वटा मोटरसाइकल र स्कुटर पनि भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ती सवारी साधन यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?