
काठमाडौं । नेपालमा दुई नयाँ एसयूभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा’ गाडी सार्वजनिक गरिएको छ । नेपालका लागि सुजुकी ब्रान्डको चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले यी दुवै गाडी नेपाल भित्र्याएको हो ।
कम्पनीका अनुसार नेपालमा भित्र्याइएको ‘द ग्राण्ड भिटारा’ गाडी सुजुकी ब्रान्डको बहुप्रतिष्ठित मोडेल हो । यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै ‘क्राफ्टेड फ्युचरिज्म डिजाइन ल्याङ्ग्वेज’ को प्रयोग गरिएको छ । जसका कारण अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको कम्पनीको भनाइ छ ।
सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ । साथै यो सेग्मेन्टको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ । ग्राण्ड भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने ‘फुल हाइब्रिड’ प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ ।
पुरानो संस्करणको भिटारा ब्रेजा नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी हो । ब्रेजामा अत्याधुनिक प्रविधिहरू र नेक्स्ट जेनेरेशनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ । यो स्पोर्टी एसयूभीले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू प्रदान गर्ने कम्पनीले बताएको छ । नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू रहेका कारण शहर र बाहिर सडकहरूमा चलाउँदा उपयोगी हुने कम्पनीले बताएको छ ।
प्रतिस्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ ।
सीजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरीका अनुसार पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च रहेको छ । नेपालको सन्दर्भमा एसयूभी गाडी उचित रहेको उनले बताए ।
ग्राहकहरुले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ-नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने भएकोले नयाँ ग्रान्ड भिटारा र ब्रेजा गाडी उनीहरुका लागि गेम चेन्जर हुने कम्पनीको दाबी छ ।
हेर्नुहोस् मूल्य सूचीः
S.N | Model | Variant | MRP 2079-80 | Intro Offer |
1 | Grand Vitara Smart Hybrid | Zeta 5MT | 6,399,000 | 6,099,000 |
2 | Grand Vitara Smart Hybrid | Alpha 2WD Monotone 5MT | 7,199,000 | 6,899,000 |
3 | Grand Vitara Smart Hybrid | Alpha 2WD Dueltone 5MT | 7,229,000 | 6,929,000 |
4 | Grand Vitara Smart Hybrid | Alpha 4WD Monotone 5MT | 7,999,000 | 7,599,000 |
5 | Grand Vitara Smart Hybrid | Alpha 4WD Dueltone 5MT | 8,029,000 | 7,629,000 |
6 | Grand Vitara Strong Hybrid | Zeta+ Monotone e-CVT | 8,399,000 | 7,999,000 |
7 | Grand Vitara Strong Hybrid | Zeta+ Dueltone e-CVT | 8,429,000 | 8,029,000 |
8 | Grand Vitara Strong Hybrid | Alpha+ Monotone e-CVT | 8,799,000 | 8,499,000 |
9 | Grand Vitara Strong Hybrid | Alpha+ Dualtone e-CVT | 8,829,000 | 8,529,000 |
10 | Breeza Smart Hybrid | Breeza LXI | 4,499,000 | 4,199,000 |
11 | Breeza Smart Hybrid | Breeza VXI | 4,899,000 | 4,599,000 |
12 | Breeza Smart Hybrid | Breeza ZXI Mono tone | 5,099,000 | 4,799,000 |
13 | Breeza Smart Hybrid | Breeza ZXI Dual tone | 5,129,000 | 4,829,000 |
14 | Breeza Smart Hybrid | Breeza ZXI+ Mono tone | 5,599,000 | 5,299,000 |
15 | Breeza Smart Hybrid | Breeza ZXI+ Dual tone | 5,629,000 | 5,329,000 |
प्रतिक्रिया 4